एकदिन सेरे उताबाट एक बोरा नुन बोकेर आईरहेको थियो । उत्तिकैमा उसको भेट हाकुकाले सँग भयो ।
हाकुकाले - " ओई मुला सेरे, नुन पनि बोरामा ल्याईराख्या छस त? पार्टी गर्न आँटिस कि क्या हो ?"
सेरे - "खाईस मुला पार्टी, त्याँ मन्दिरमा बाबा बसिरहेको रहेछ बरदान मागेको यहि दियो र बोकेर ल्याको ।"
हाकुकाले - "थुक्क मुला, बरदान नै मागेपछि हिरा माग्नु पर्छ नि, के नुन ल्याईरा? फाल्दे यो नुन र हिँड म सँग, हिरा माग्ने ।"
नुन फाल्देर,बोरा बोकेर दुबै गए बर माग्न ।
बाबाको नजिक पुगेर हाकुकाले ले माग्यो "बाबाजी मलाई यो बोरामा एक बोरा हिरा दिनुहोस ।"
बाबाले तथास्तु भन्यो ।
हाकुकाले मख्ख पर्दै बोरा हेरेको त एक बोरा जीरा पो छ ।
जिल्ल परेर सेरेलाई भन्यो "यो बाबा बहुलायो कि के हो हिरा मागेको जिरा पो दिन्छ ।"
सेरे - "थाहा पाईस मूला । मैले पनि कहाँ नुन मागेको थिएँ त ।