के तपाइलाई नदेखिने नम्बरबाट फोन आयों? थाहापाउने तरिका

यदि तपाइँलाई कसैले नदेखिने नम्बर अर्थात अननोन नम्बरबाट फोन गरेर हैरान पारेको छ भने चिन्ता नगर्नुस् । नम्बर पत्ता लगाउने तरिका कठिन छैन । स्मार्ट फोनको आजको युगमा एप्सको कमि छैन । प्राइभेट कलर वा नदेखिने नम्बर पत्ता लगाउन कुनै ट्रिक जरुरी छैन यसलाई इन्टरेनेटमा पाइने सफ्टवेयर र एप्स भए पुग्छ । एन्ड्रोइड र ios दुवै अपरेटिङ सिष्टममा युजर्सलाई यस्ता एप्स सहजै पाहिन्छ ।


यहाँ नदेखिने नम्बर पत्ता लगाउने ४ एप्सको  बारेमा जानकारी प्रस्तुत गरिएको छ ।

MOBILE NUMBER LOCATOR

मोबाइल नम्बर लोकेटर नामको यो ऐप भारत, नेपाल, अमेरिका र कनाडा लगायतका क्षेत्रमा काम गर्छ । यदि कसैले अननोन नम्बरबाट फोन गर्यो भने यो एप डाउनलोड गर्यो भने यसले टेलिकमको जानकारी र सबै डाटा पत्ता लगाइदिन सक्छ । नम्बर लोकेट गरेपछि यसले गूगल म्यापको सहयोगले स्थान पनि पत्ता लगाइदिन्छ भने यो एपले कुन शहर वा राज्यबाट फोन गरेको समेत बताइदिन्छ । यसको सबै भन्दा राम्रो गुण बिना इन्टरनेट समेत काम गर्छ । यो एपले देखाइरहेको जानकारी हटाउन मन लागे अफ बटन थिच्न सकिन्छ त्यसो गर्दा पनि फोन भने कट्दैन ।


TRUE CALLER

यो हाल सम्मकै सबै भन्दा बढी मोबाइल नम्बरको डाटाबेस रहेको दावी गर्ने एप्स हो । यसबाट जुनसुकै देशको नम्बर पनि पत्ता लगाउन सकिन्छ । यो प्रयोग गर्न इन्टेरनेट चाहिन्छ तर इन्टरनेट भए जहाँबाट गरेको नम्बरको पनि सबै जानकारी स्क्रिनमा देखिन्छ । फोन उठाउनु अघि नै कहाँबाट कस्ले गरेको फोन भन्ने कुरा थाहा पाउन यो एप्सले मद्दत गर्छ । त्यतिमात्र होइन ब्लक कलहरु ब्लक गर्ने सुविधा पनि यसले दिएको छ ।



Whoscall- Caller ID&Block

लाइन कर्पोरेशनले बनाएको यो एप्सले कल डिटेल्स पत्ता लगाउन मद्दत गर्नुका साथै नचाहिने कल ब्लक गर्न पनि सहयोग गर्छ । यसको निर्माता TechCrunch ले रेटिङमा स्पाम कल्सबाट प्रयोगकर्तालाई छुट दिने भनेको छ । यसमा कलर आइडेन्टिफिकेसन सुविधा छ भने युजरले दिएको जानकारी सबै डिस्प्ले देखिन्छ । यो एप्स राखिसकेपछि फोन आउँदा कलरको नम्बर डिटेल्स र अन्य रिपोर्ट समेत देखिन्छ । त्यसैगरी यसले ब्लफ कल र एसएमएस पनि ब्लक गरिदिन्छ । यो एप्सले गुगल प्लेमा दिएको जानकारी अनुसार ७० करोड फोन नम्बर छन् ।




Calls Blacklist

यो एप्स पनि अननोन नम्बरले दुख दिएकाहरुका लागि सहयोगी हुन सक्छ । यसले पनि स्मार्टफोनमा आएका ब्लफ कल र एसएमएस ब्लक गर्न सक्छ । यसमा कुनै पनि नम्बरबाट आएका कल वा एसएमएस ब्लक गर्नका लागि लिष्ट नै बनाउन सकिन्छ । वा कुनै नम्बरको जानकारी चाहिए पनि यसमा लिष्ट गरिदिएपछि कल वा एसएमएस आउँदा जानकारी समेत आउँछ ।


Author:

velit viverra minim sed metus egestas sapien consectetuer, ac etiam bibendum cras posuere pede placerat, velit neque felis. Turpis ut mollis, elit et vestibulum mattis integer aenean nulla, in vitae id augue vitae.