मोबाइलफोन पानीमा खस्यो ?यी ५ उपाय अपनाउनुहोस् ।





१ . स्विच अफ गर्नुहोस् :- गोजीमा राखेको वा हातमै चलाउँदा चलाउँदैको मोबाइलफोन  पानीमा खस्दा त्यो खुल्लै हुन्छ। त्यसैले पानीबाट निकाल्ने बित्तिकै मोबाइलफोन स्विच अफ गर्नुपर्छ । स्विच अफ गरेपछि मोबाइलफोनको  भित्री  सट सर्किट हुने डर हुँदैन, सट सर्किट भएर महत्वपूर्ण भित्री पार्टस् पुर्जा नष्ट हुनबाट जोगिन्छ ।



                 




२ . सबै चिज हटाउनुहोस् :- मोबाइलफोन स्विचअफ गरेपछि त्यसका हरेक चिज हटाउनुपर्छ । ब्याट्री, सिमकार्ड, मेमोरी कार्ड, फोनको कभर तथा एयरफोन भएमा पनि त्यसलाई विस्तारै झिक्नुपर्छ । त्यसरी बाहिर झिकेको वस्तुहरुलाई कपडाले पुछेर पानी हटाई ओभानो बनाउनुपर्छ ।






. झट्कार्नुहोस् :- मोबाइलफोनको हेडफोन ज्याक छिराउने प्वाल, चार्जिङ पोर्ट तथा थिच्ने बटन भित्र रहेको पानी बाहिर निकाल्नका लागि मोबाइलफोलाइ विस्तारै झट्कार्नुपर्छ । त्यसपछि मोबाइलफोनलाइ सुख्खा कपडाले पुछ्नुपर्छ । ट्वाइलेट पेपर तथा नेपकिनले राम्रोसँग पुछेर बाहिरी भागमा रहेको पानी पूरै हटाउनुहोस्  ।






४ . चामलमा घुसाउनुहोस :-यो सबैभन्दा राम्रो विधि हो । हावा नछिर्नेगरी बिर्को लगाउन मिल्ने एउटा  बट्टामा चामल भरेर उक्त चामलभित्र आफ्नो मोबाइलफोन  घुसाएर राख्नुहोस् । अनि बिर्को लगाएर उक्त बट्टालाई सुख्खा ठाउँमा राख्नुहोस् । कम्तिमा २४ देखि ४८ घण्टासम्म मोबाइलफोनलाइ  यसरी चामलभित्र रहन दिनुपर्छ । बीचबीचमा निकाल्ने गर्नुहुँदैन । ४८ घण्टासम्म चामलभित्र राखेपछि मोबाइलफोन बाहिर निकाल्नुहोस् । त्यसपछि ब्याट्री लगायतका पाटपुर्जा राखेर स्विच अन गर्नुहोस् । यदि पानीका कारण भित्री पाटपुर्जामा गम्भीर क्षति पुगेको रहेनछ भने मोबाइलफोनले काम गर्न थाल्नेछ ।

                          


                         




यदि यसो गर्दापनि मोबाइलफोनले काम गरेन भने त्यसलाई आफै खोलखाल पार्नु हुँदैन, सिधै मोबाइलफोन मर्मत गर्ने आधिकारिक ठाउँमा लग्नुपर्छ । 

Author:

velit viverra minim sed metus egestas sapien consectetuer, ac etiam bibendum cras posuere pede placerat, velit neque felis. Turpis ut mollis, elit et vestibulum mattis integer aenean nulla, in vitae id augue vitae.