नेपाललाई ऐतिहासिक बंगबन्धु गोल्डकप


नेपालले २३ वर्ष लामो प्रतिक्षालाई चिर्दै बंगबन्धु फुटबल प्रतियोगितको उपाधि जित्न सफल भएको छ । 
 
बंगलादेशको ढाकामा सम्पन्न फाइनल खेलमा बहराइनलाई ३–० ले हराउँदै बंगबन्धु फुटबल प्रतियोगिताको उपाधि उचालेको हो । 

नेपाललाई उपाधि दिलाने क्रममा बिमल घर्तीले पहिलो हाफको पाँचौ मिनेटमै पहिलो गोल गरे । पहिलो हाफमा १-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा दुई गोल थप्न सफल भयो । 

शुरुबाटै आक्रमक खेलेको नेपालले दोस्रो हाफमा पनि त्यसलाई जारी राख्यो । नेपालका लागि खेलको ८७ अाै‌‌ मिनेटमा विशाल राईले अर्को गोल थपे । 

दुई गोल गरेको पाँच मिनेट नबित्दै खेलको निर्धारित समयको अन्तिम मिनेटम माल्दिभ्सविरुद्द्धको खेलमा ह्याट्रिक गरेका नवयुग श्रेष्ठले अर्को गोल थप्दै नेपाललाई शानदार जित दिलाए । 

नेपालका लागि बिराज महर्जनले दिएको क्रसलाई अन्जन विष्टले गरेको हेडबल डिबक्समा अल्मलिएको अवस्थामा बिमलले पाँचौ मिनेटमा गोल गर्दै खाता खोले । 
 
शुरुबाटै आक्रमक खेलेको नेपालका लागि बिमलले बहराइनको डिबक्समा अल्मलिएको बललाई सदुपयोग गर्दै जाली चुमाएपछि नेपालको २३ वर्षदेखिको उपाधिको खडेरी टर्ने देखिएको थियो । 
नेपाली टिमलाई उपाधि जिताउनका लागि किपर विकेश कोथु नायक सावित भए । उनले बहराइनका हरेक डरलाग्दा प्रहार
लाई प्रत्येक पल्ट विफल बनाए ।

नेपालमा खुसियाली ल्याउने क्रममा खेलको ८७ अाै‌ मिनेटमा डिबक्स नजिकै बहराइनका खेलाडीबाट खोसेर अन्जन विष्टले मिलाइदिएको उत्कृष्ट पासमा विशाल राईले जाली चुमाए । 

त्यसअघि नै नेपालका सुमन लामा र बहराइनका अली थह्वानी रेडकार्ड पाउँदै मैदान छाडेका थिए । 

दोस्रो गोल गरेपछि झनै आक्रमक बनेको नेपालले अन्तिम समयसम्म बहराइनको पोस्टमा चार्ज गरिरह्यो । 

निर्धारित समयको अन्तिम ९० अाै‌ मिनेटमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका नवयुग श्रेष्ठले अर्को गोल थपे । यो पटक पहिलो गोल गरेका विमल घर्ती मगरले मिलाइदिएको क्रस पासमा प्रतियोगिताकै सर्वाधिक चार गोल गरेका नवयुगले बहराइनविरुद्ध तेस्रो गोल गरे  । 

Author:

velit viverra minim sed metus egestas sapien consectetuer, ac etiam bibendum cras posuere pede placerat, velit neque felis. Turpis ut mollis, elit et vestibulum mattis integer aenean nulla, in vitae id augue vitae.