सावधान – मोबाइलमा भुलेर पनि डाउनलोड नगर्नुस् यो एप्लिकेशन

आजकाल इन्टरनेटको प्रयोग एकदम बढ्दो छ । तर त्यही इन्टरनेटले असुरक्षा पनि बढाएको छ ।

 इन्टरनेटमा धमकी दिएर रकम असुली गर्ने क्रम बढेपछि एक अमेरिकी सुरक्षा कम्पनीले चेतावनी दिँदै कतिपय एण्ड्रोइड एप्लिकेशन डउनलोड नगर्न प्रयोगकर्तालाई सचेत गराएको छ ।

 ‘एडल्ट प्लेयर’ नामको पोर्न सामग्री गराउने एपले भिडियो प्ले गर्नासाथ फ्रन्ट क्यामेराले युजरको तस्विर खिच्ने र फोन लक हुने बताइन्छ । अनि यो एपले स्क्रिनमै ५०० डलर माग्दै स्क्रिन फ्ल्यास गराउन थाल्छ । 



त्यसपछि त्यसमा जाँदा प्रयोगकर्ता फस्दै जाने गरेको सुरक्षा कम्पनीको भनाइ छ । विविसीसँग बोल्दै एक इन्टरनेट सुरक्षा विशेषज्ञले इन्टरनेटमा प्रयोगकर्तासँग लुट मच्चाउने सफ्टवेयर बढिरहेको बताएका छन् ।

 ह्याकरहरुले आकर्षक महिलाको तस्विर देखाएर प्रयोगकर्तालाई सफ्टवेयर डाउनलोड गर्न आकर्षित गर्ने र फसाउने गरेका छन् ।

युजरको जनकारी लिएपछि डिभाइसाबाट डाटा डिलिट गर्ने धम्की दिने र पैसा असुल्ने यस्ता ह्याकरको संख्या बढिरहेको बताइएको छ ।

 इन्टेल सिक्योरिटीका अनुसार पछिल्लो वर्षको अगष्ट यता यसरी फिरौती असुल्ने सफ्टवेयरको संख्या १२७ प्रतिशतले बढेको छ ।

 लोभ्याउने विज्ञापन सहित आउने यस्ता एप्लिकेशन गुगल स्टोरमा नभएर सिँधै वेबसाइटबाट इन्स्टल हुने गर्छन् । फोनमा यस्ता एप्लिकेशनको खतरा भए डिभाइसलाई रिबुट गरेर सेफ मोडमा चलाउन सकिन्छ ।

Author:

velit viverra minim sed metus egestas sapien consectetuer, ac etiam bibendum cras posuere pede placerat, velit neque felis. Turpis ut mollis, elit et vestibulum mattis integer aenean nulla, in vitae id augue vitae.