विद्या भण्डारी प्रथम महिला राष्ट्रपति ( भिडियो सहित )

कार्तिक ११, २०७२
 गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा नेकपा एमालेकी नेतृ विद्यादेवि भण्डारी निर्वाचित भएकी छन् । व्यवस्थापिका संसदमा बुधबार भएको निर्वाचनमा ३२७ मत ल्याएर उनी विजयी भएकी हुन् । उनी नेपालको पहिलो महिला राष्ट्रप्रमुख बनेकी छन् । कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङलाई पराजित गर्दै विद्या राष्ट्रपति निर्वाचित भएका हुन् । सभामुख ओनसरी घर्तिले संसदका ५९७ सदस्यमध्ये बहुमत प्राप्त गरेर भण्डारी निर्वाचित भएको घोषणा गरिन् । विजयी भएपछि व्यवस्थापिका संसद भवनमा पत्रकारहरुसित कुरा गर्दै नवनिर्वाचित राष्ट्रपति भण्डारीले आफूले संविधानको रक्षा गर्ने प्रतिक्रिया दिइन् ।


 ‘मेरो विजयलाई मैले नेपाली जनताको विजयकोरुममा लिएको छु,’ भण्डारीले भनिन्, ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमानको रक्षाको लागि भूमिका खेल्नेछु ।’ भण्डारीका प्रतिद्वन्द्वी गुरुङले २१४ मत पाएका छन् । संसदमा कायम ५९७ मध्ये ५४९ मत खसेको थियो । त्योमध्ये ८ मत बदर भएको थियो । नयाँ संविधानको धारा २९७ को उपधारा २ बमोजिम दलहरुबीच सहमति कायम हुन नसकेपछि संसदका बहुमत सदस्यले गोप्य मतदानबाट राष्ट्रपति चयन भएको हो । सत्तारुढ एमालेले सरकार निर्माणमा बनाएको गठबन्धन जोगाएपछि राष्ट्रपतिमा भण्डारीको जीत सुनिश्चित भएको थियो । उनलाई एमाओवादी, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राप्रपा, नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दललगायत सत्तारुढ दलले समर्थन गरे । कांग्रेसका गुरुङलाई स्वतन्त्र सांसद अतहर कमाल मुसलमानलगायत एक–दुई सिट भएका केही साना दलले समर्थन गरेका थिए । आन्दोलरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरुले राष्ट्रपति निर्वाचन बहिष्कार गरेका थिए । भण्डारी र गुरुङलाई २–२ भोट घाटा राष्ट्रपति निर्वाचनमा भण्डारी र गुरुङले आफ्ना समर्थक दुई–दुई सांसदको मत पाउन सकेनन् । भण्डारीलाई एमाओवादीका सुरेन्द्रप्रसाद जैसवाल र भक्तिप्रसाद पाण्डेले भोट दिएनन् । जैसवाल भण्डारीलाई मत नदिने भन्दै संसद आएनन् भने पाण्डे उपचारकोक्रममा भारत गएको एमाओवादीले जनाएको छ । प्रधानमन्त्री निर्वाचनमा नआएकी एमाले सांसद् राज्यलक्ष्मी गोल्छाले भने भण्डारीलाई भोट दिइन् । निर्वाचित भएपछि बधाई दिएर उनी निस्किइन् । कांग्रेसका दुई सांसद शिला खड्का र मधु शाही ठकुरीले पनि गुरुङलाई मत दिन आएनन् । झुक्किइन् सभामुख राष्ट्रपति निर्वाचनको मतपरिणाम घोषणा गर्दा सभामुख ओनसरी घर्ति झुक्किइन् । उनले कांग्रेस उम्मेदवारको प्राप्त मत सही भने पनि एमाले उम्मेदवारको मतसंख्या गल्तीवश २२७ भनिन् । संसद् सचिवालयका कर्मचारीले तत्काल ध्यानाकर्षण गराएपछि उनले पुन: ३२७ पाएको घोषणा गरिन् ।  कान्तिपुर बाट 



Author:

velit viverra minim sed metus egestas sapien consectetuer, ac etiam bibendum cras posuere pede placerat, velit neque felis. Turpis ut mollis, elit et vestibulum mattis integer aenean nulla, in vitae id augue vitae.