मंगलबारदेखि नेपाल आउने भयो चिनियाँ तेल

 काठमाण्डु, कात्तिक सरकारले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने प्रक्रिया थालेको


बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन चीनबाट पेट्रोलियम ल्याउन सक्रिय भएका हुन्
पुनले त्यसबारे शनिबार नेपालका लागि चिनियाँ राजदूत चुन्ताई, चीनका लागि नेपाली राजदूत महेश मास्केसँग छलफल गरेका छन्
छलफलको चाँजोपाँजो एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मिलाएका हुन् माओवादीले गठन गरेको सरकार सञ्चालन समितिका संयोजक समेत रहेका श्रेष्ठ पनि छलफलमा सहभागी थिए
छलफलका क्रममा चिनियाँ राजदूत चुन्ताइले चीन इन्धन दिन तयार रहेको भन्दै त्यसबारे औपचारिक प्रस्ताव ल्याउन आग्रह गरेका थिए ‘चीनबाट इन्धन ल्याउने प्रक्रियामा गम्भीर सकारात्मक छलफल भएको छ’, छलफल श्रोतले भन्यो, ‘चीन आवश्यक इन्धन तत्काल उपलब्ध गराउन तयार ।’
भारतले अघोषित नाकाबन्दी तत्काल नहटाउने संकेत पाएपछि सरकारले विकल्पमा चीनबाट इन्धन ढुवानी प्रक्रिया अघि बढाउन लागेको हो
चीनले पूर्ववर्ती सुशील कोइराला नेतृत्वकै सरकारका बेलामसेत इन्धन दिन तयार रहेको बताएको थियो तर सरकारी तवरबाट प्रयास नहुँदा चीनबाट इन्धन ल्याउने प्रक्रिया अलपत्र परेको थियो
स्रोतका अनुसार प्रक्रिया छिटो अगाडि बढे पहिलो लटमा आगामी मंगलबार एक हजार मेट्रिकटन इन्धन नेपाल आइपुग्नेछ

Author:

velit viverra minim sed metus egestas sapien consectetuer, ac etiam bibendum cras posuere pede placerat, velit neque felis. Turpis ut mollis, elit et vestibulum mattis integer aenean nulla, in vitae id augue vitae.